२०८२ आश्विन १६ | Oct 02, 2025

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन’ विटुमिन ब्राण्ड

BusinessPati बिजनेस पाटी
|
२०८० माघ २०
|
102 views

काठमाडौँ २० माघ २०८० ।

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’मा एच.आर गोयल ग्रुपको ‘डल्फिन’ ब्राण्डको विटुमिनमा अवलोकनकर्ताहरूको आकर्षण बढेको छ । माघ १८ देखि २१ गतेसम्म काठमाडौँस्थित भृकुटी मण्डपमा भइरहेको प्रदर्शनीमा विटुमिन स्टल नं. ०–०२३ मुख्य आकर्षणको रूपमा रहेको कम्पनीको दावी छ ।
निर्माणसामग्रीहरूलाई नेपाली बजारमा बढावा दिँदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौँ संस्करणको प्रदर्शनी चलिरहेको छ ।

उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरू, माइक्रो सिलिका, एमवाइके आर्मेन्टका उत्पादनहरू, वाटर प्रुफिङ केमिकलहरू आदि प्रदर्शनीमा राखिएका छन् ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन’ विटुमिन ब्राण्ड, केके छन् यसका विशेषता ?

बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्व स्तरीय गुणस्तर भएको भिजी १० तथा भिजी ३० क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एच.आर. गोयल ग्रुप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले मात्र आयात गरी नेपालका विभिन्न स्थान र क्षेत्रहरूमा निर्माणाधिन कालोपत्रे गर्ने सडकका लागि अतिआवश्यक पर्ने विटुमिनको आपूर्ति तथा बजारीकरण गर्दै आइरहेको छ ।

डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रा.लि.ले आयात र विक्रि वितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र बिक्री वितरण गर्दै आईरहेको छ ।

विटुमिनका साथै एच.आर. गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने एमवाइके आर्मेन्टका विभिन्न उत्पादनहरू समेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

एमवाइके आर्मेन्टका उत्पादनहरू जसले विभिन्न ठूला निर्माण परियोजनाहरूमा संरचनाको आवश्यकता अनुसार हाइ ग्रेड कँक्रिट बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुदै आइरहेको छ ।

उक्त सामानहरूको बारेमा स्टलमा भिजिट गरी थप जानकारी लिन, सामानको अर्डर तथा बुकिङ गर्न समेत सकिने कम्पनीले बताएको छ । डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरू विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा रहेका छन् ।

साथै विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरूको लागि अरविन्द इम्पोरियम प्रा.लि.ले निःशुल्क ल्याव परीक्षण गर्ने सुविधा समेत उपलब्ध गराउनुका साथै हामी संग विटुमिन खरिद गर्ने ग्राहक, उपभोक्ताहरूको लागि विज्ञ प्राविधिक मार्फत निःशुल्क रूपमा आफ्टर सेल्स सर्भिस सेवा सेवा समेत उपलव्ध गराउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया