
काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक डा. चन्द्रबहादुर अधिकारी सम्पर्कविहीन भएका छन् । नेपाल राष्ट्र बैंकले पदबाट बर्खास्त गरेपछि उनी सम्पर्कविहीन भएका हुन् ।
अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सातदिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ । आज अधिकारीलाई राष्ट्र बैंकले ५ लाख जरिवानासहित वर्खास्त गरेको हो ।
यसअघि डा. चन्द्रबहादुर अधिकारी अर्थमन्त्री डा.प्रकाशशरण महतको पालामा नेपाल बैंकको अध्यक्ष पदमा नियुक्त भएका थिए । माघ २१ गते परेको उजुरीमाथि आवश्यक अनुसन्धानका लागि भन्दै अधिकारीलाई बैशाख ८ गतेको मितिबाट सात दिनभित्र उपस्थित हुन भनिएको छ । अख्तियारले उपस्थितिको लागि सुचना जारी गरे लगत्तै उनी मोबाइल अफ गरेर सम्पर्कविहीन छन् ।
उनीमाथि राष्ट्र बैंकले पनि कारबाही प्रकृया शुरु गरेको बताइएको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको सूचनामा अधिकारीलाई भारत उत्तर प्रदेशका खुशनसिब अन्सारी र वज्जाद अन्सारीलाई समेत उपस्थित गराउन निर्देशन दिइएको छ । सूचनामा ती दुबै अन्सारीको आधार कार्ड नम्बर र भारतको पूर्ण ठेगाना पनि उल्लेख गरिएको छ ।
खुसनसिव र वज्जादलाई लिएर उपस्थित हुन आदेश दिनुको पछाडिको कारण अख्तियारले नखुलाए पनि उनीहरुसंगको मिलेमतोमा नक्कली ऋणी खडा गरेरे नाममा करोडौं कर्जा प्रवाह गरेकोले अख्तियारले कारवाही प्रकृया अगाडि बढाएको नेपाल वैंक स्रोतले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया