नेपाल बैंकर्स संघमा अध्यक्ष सन्तोष कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं –३ पौष २०८१
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार आयोजित ३८औं वार्षिक साधारणसभाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् । संघको कार्यसमितिका तीन जना सदस्यहरुमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ रामचन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा प्रभु बैंक सीईओ अशोक शेरचन, सानिमा बैंक सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंक सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंक सीईओ सुन्दरप्रसाद कँडेल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष सुनिल केसी कार्यसमितिको पदेन सदस्यको रुपमा रहने छन् । त्यसैगरी संघको सल्लाहकारमा नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक शमशेर राणा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया