२०८१ जेष्ठ २६

भक्तपुर २६ जेठ २०८१।
देशका आम अभिभावकहरुको प्रतिनिधित्व गर्दै आएका नेपाल राष्ट्रिय अभिभावक संघ, भक्तपुर शाखाको तेश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष कोषबहादुर जीसीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उनले संघले मुलुकका विभिन्न जिल्ला र सातै प्रदेशमा आफ्ना घोषित उद्देश्य अनुरुप गतिविधि भइरहेको जानकारी दिंदै शुभकामना व्यक्त गरे ।
अधिवेशनमा विभिन्न प्रतिवेदन र प्रस्तावहरु पारित गरियो । उक्त सभाबाट आगामी कार्य अवधिको लागि गोविन्द प्रसाद घिमिरे अध्यक्ष,रामकृष्ण न्यौपाने उपाध्यक्ष ,बद्री पौडेल सचिव ,प्रकाश गिरी कोषाध्यक्ष लगायत १४ सदस्यीय कार्यसमिति चयन गरिएको छ । केन्द्रीय सदस्य एवं निर्वाचन मण्डलका संयोजक प्रवीण जोशीले उक्त निर्वाचन परिणाम सभामा घोषणा गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया