२०८२ श्रावण १२

ललितपुर । नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राख्ने भएको छ । बैंकले यसका लागि प्रस्ताव पठाउन एक सूचना जारी गरेको छ । उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ राष्ट्र बैंकले एक वर्षे अवधिका यसरी मुद्दती खातामा राख्न लागेको हो ।
१ अर्बमध्ये ८० करोड रुपैयाँ विभिन्न वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र बाँकी रहेको ५ करोड रुपैयाँ भने फाइनान्स कम्पनीमा राख्न लागेको छ। यसका लागि बुधबार अर्थात् साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया