२०८२ भाद्र १७ | Sep 02, 2025

नेपाल र भारतबीच चार वटा सहमतिमा हस्ताक्ष

BusinessPati बिजनेस पाटी
|
२०८० पुष १९
|
153 views

काठमाडौं १९ पुस, २०८०।

नेपाल र भारतबीच बिहीबार चार वटा सहमतिमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौतामा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ ।

त्यसैगरी हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्ताक्षर गरेका छन् । यो सहमति अनुसार भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म साेझै लगानी गर्नसक्नेछ ।

नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतले १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement