नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
बिजनेसपाटी १४ चैत्र
नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव इन्स्योरेन्सले पारित गरेको हो । गत फागुन २७ गतेसम्ममा सेयर किनेका र एफपीओ खरिद गरेका लगानीकर्ताले समेत सो बोनस पाउने छन् । नेपाल लाइफले केही समय अघि मात्र झण्डै ३० लाख ९६ हजार कित्ता एफपीओ निष्काशन गरेको थियो । इन्स्योरेन्सले एफपीओ निष्काशन पश्चात कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुने ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ नगद लाभांस वितरण गर्ने भएको हो । नेपाल लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुंजी दुई अर्ब ४७ करोड ७१ लाख रहेकोमा बोनस बितरणपछि चुक्ता पूँजी ३ अर्ब नौ करोड ६४ लाख रुपैंया पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया