नेपाल लाइफ इन्स्योरेन्सको नाफा २८ करोड, बीमा शुल्क ४६.७६ प्रतिशतले बढ्यो

काठमाडौं १ फागुन  ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा २८ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ। इन्स्योरेन्सले गत वर्ष २७ करोड ९६ रुपैयाँ नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले बीमा शुल्क आर्जन ४६.७६ प्रतिशतले बढाएर १० अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षमा भने ७ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको थियो  ।

उच्च प्रतिफल, समयानुकुल बजार प्रबर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरि हितका क्षेत्रमा काम गरेर आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको कम्पनीले जनाएको छ।

कम्पनीले चालु आर्थिक बर्षको पुससम्ममा २८ हजार ४२८ वटा बीमा लेखको ५ अर्ब २० करोड दाबी भुक्तानी गरेको छ। कम्पनीले अझै एक अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ  ।कर्जा लगानी तथा अन्य आयबाट कम्पनीले २ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले यस्तो आम्दानी एक अर्ब ८७ करोड रुपैयाँ थियो।

अल्पकालिन लगानीलाई घटाएर कम्पनीले आफ्नो दीर्घकालिन लगानी ११३ प्रतिशतले बढाएको छ। कम्पनीले १० अर्ब २९ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ भने ४३ अर्ब १२ करोड रुपैयाँ दीर्घकालिन लगानी गरको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ र जगेडामा तीन अर्ब ७३ करोड रुपैयाँ जम्मा गरेको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया