२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रको पुनर्बहाली

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २४
|
1.1k views

ललितपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको पुनर्बहाली भएको छ । सर्वोच्च अदालतको परमादेशपछि शाक्यले बुधबार बिहान प्राधिकरणमा पुगेर पदवहाली गरेका हुन्।

सर्वोच्च अदालतको परमादेशपछि कार्यकारी निर्देशकको कार्यभार सम्हाल्न हितेन्द्रदेव शाक्य पुगे बुधबार विहानै विद्युत प्राधिकरणमा पुगेका हुन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय सोमबार सर्वोच्चले बदर गरिदिएको थियो। उक्त आदेशसँगै बुधबारबाट शाक्यको प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएको हो ।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जामन्त्री कुलमान घिसिङको सिफारिसमा आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै शाक्यले पुनर्बहालीको माग राखेर सर्वोच्चमा रिट दायर गरेका थिए।

उर्जामन्त्री कुलमान घिसिङको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

यसअघि केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई नियुक्त गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया