नेपाल समाजवादी युवा संघको केन्द्रिय संयोजकमा मेघराज तामाङ

काठमाण्डौ ९ वैशाख २०८१।

नेपाल समाजवादी पार्टीले केन्द्रिय सदस्य मेघराज तामाङलाई युवा संघको केन्द्रिय संयोजकको जिम्मेवारी सुम्पेको छ । पार्टीले सर्वसम्मत रुपमा आफुलाई नेपाल समाजवादी युवा संघको केन्द्रिय संयोजकको जिम्मेवारी सुम्पेको तामाङले बताए । लामो समयदेखि राजनीतिमा क्रियाशिल तामाङले समाजवादी पार्टी निर्माणकै चरण देखि पार्टीमा योगदान राख्दै आएका हुन् । युवाहरुमाझ रुचाइएका उनी जुझारु निडर युवा नेता हुन् । व्यवसाय सैँगसगै राजनीतिलाई पनि अनवरत डोर्याएका उनले युवाहरुको कुशल नेतृत्व गर्ने आशा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया