२०८२ भाद्र ६ | Aug 22, 2025

नेप्सेको सीईओमा नारदकुमार लुइँटेल नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओमा नारदकुमार लुईंटेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिष्द बैठकले अनुभवी नारदकुमार लुईंटेललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि नेप्से सीइओका लागि ५ जना सर्टलिस्टमा परेका थिए ।

नेप्सेको सीईओका लागि लुईंटेलसहित चुडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सिफारिस भएको थियो । उनीहरू मध्येबाट मन्त्रिपरिषदको बैठकले लुईंटेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

लुईंटेलसँग यसअघि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशक तथा तारागाउँ विकास समितिको सञ्चालक समिति अध्ययक्ष र सदस्यसचिवका रूपमा काम गरेको अनुभव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया