|
|
२०८१ श्रावण १४
357 views
ललितपुर - काठमाडौं १४ साउन २०८१।
सोमबार शेयर बजारमा करेक्सन आएको छ । नेप्से २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ। सोमबार पटक–पटक २७ सयको विन्दु भेट्दै नेप्से २६६१.०९ विन्दुमा पुगेर बन्द भएको हो।
सोमबार कारोबार रकम ३६ महिनाकै उच्च १९ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ। यसअघि २०७८ भदौ ३ गते बजारमा २० अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो। आजको कारोबार रकम त्यसयताकै उच्च हो।
आइतबार भने १५ अर्ब ८१ करोड रूपैयाँको कारोबारको सेयर कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो।
यसदिन ३२५ वटा धितोपत्रको चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर किनबेच भएको हो। सोमबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बिजनेस पाटी