|
|
२०८२ जेष्ठ १
255 views
ललितपुर - ललितपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।
आज तीन सय २० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४९३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० दशमलव ६३ को कारोबार भएको हो । आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।

बिजनेस पाटी