ललितपुर । नेप्से परिसूचक मंगलवार ९.९३ अंक बढेको संगै कारेबार रकम एक महिनायताकै उच्च भएको छ । अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोडको भएको छ ।
कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो भने ८ को स्थिर रह्यो । आज बजार सूचक २६४९.३० विन्दुमा उक्लिएको छ । यस दिन बजारसँगै १४८ कम्पनीको सेयर मूल्य बढेको छ । १०३ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
जीवन विकास लघुवित्त, थ्री स्टार हाइड्रो, हिमालयन ८०–२० डिबेन्चर, आईसीएफसी फाइनान्स डिबेन्चर, सिटिजन्स म्युअल फन्ड उच्च कमाउने शीर्ष कम्पनी रहे । रुरु जलविद्युत् आयोजना, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी, बन्दीपुर केवलकार, श्रीनग एग्रिटेकलगायत कम्पनी उच्च गुमाउनेमा शीर्षमा रहे ।
समूहगततर्फ होटेल एन्ट टुरिजम र म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ सूचक क्रमशः ०.२३ र ०.५१ प्रतिशत घट्यो । बाँकी ११ सूचक हरियो देखियो ।














फेसबुकबाट तपाईको प्रतिक्रिया