२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेप्से परिसूचक ४७.९३ अंकले घट्यो, करिव साढे १४ अर्ब बराबरको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १४
|
357 views

ललितपुर । आज नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ४७.९३ अंकले घटेर बन्द भएको हो । पछिल्ला दुई कारोबार दिन बढेको नेप्से परिसूचक आज भने घटेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन अर्थात् मंगलबार बढेर ३००० विन्दुमाथि बन्द भएको नेप्से, बुधबार भने घटेर ३००० विन्दुभन्दा तल झरेको छ।

बुधबार नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७४ अंक घटेको छ।

यसैगरी आज कारोबारकोे रकम पनि घटेको छ। मंगलबारको कारोबारमा साढे १८ अर्बको शेयर खरिदबिक्री भएको थियोे भने आज ३२७ स्टकको १ लाख ४१ हजार ५२० पटकको कारोबारमा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँबराबरको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया