२०८२ बैशाख ३१

ललितपुर । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर सहित आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।
आज अर्थात् बैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया