|
|
२०८२ कार्तिक २९
867 views
ललितपुर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ले आर्थिक वर्ष २०८२.८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१.८२ को असोजसम्म कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १.८१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड १४ लाख रुपैयाँ थियो।



















फेसबुकबाट तपाईको प्रतिक्रिया