२०८२ आश्विन १६ | Oct 02, 2025

नेसपा गङ्गानारायण समूह र माओवादीबीच पार्टी एकाता हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ९
|
459 views

ललितपुर । नेपाल समाजवादी पार्टी (नेसपा)को गङ्गानारायण श्रेष्ठ समूह र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महेन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो ।

सम्भवन यही जेठ १२ गते नेसपा गङ्गानारायण समूह र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुनेछ । पार्टी एकताका सम्बन्धमा निर्णय लिन नेसपाका सह–अध्यक्ष श्रेष्ठ समूहले जेठ ११ गते विस्तारित बैठक बोलाएका हुन् । केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने उनले बताएका छन् ।

नेसपा श्रेष्ठ समुहका अनुसार दुई पार्टीबीच जेठ १२ गते पार्टी एकता हुनेछ । पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौँ फर्किए लगत्तै दुई पार्टीबीच एकता हुने भनिएको छ ।

यसअघि २०८० साल चैत ३ गते महेन्द्र राय यादव सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन असहमति जनाएका कारण तत्काल एकता प्रक्रियामा सहमति जट्न सकेको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया