२०८२ फाल्गुन ६ | Feb 18, 2026

पछिल्लो २४ घण्टाको विपद्ः तीनको मृत्यु, सोह्रजना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र ३०
|
663 views

काठमाडौँ   पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीनजनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको २४ घण्टाको अवधिमा ५९ जिल्लामा एक सय नौ वटा विपद्जन्य घटना भएका छन् भने ती घटनामा परेर मावनीयसँगै ठूलो आर्थिक क्षति भएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले चट्याङ लागेर तीनजनाको मृत्यु भएको जनाउँदै १३ जना घाइते भएका बताउनुभयो । उहाँले हावाहुरीका कारण एकजना र जनावरको आक्रमणबाट दुईजना घाइते भएका उल्लेख गर्नुभयो । यस्तै २२ वटा पशुचौपाय पनि मरेका छन् । ती घटनाबाट रु दुई करोड ९० लाखको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार १२ जिल्लामा आगलागी, १३ जिल्लामा चट्याङ, १७ जिल्लामा हावाहुरीका घटना भएका छन् । आगलागीका १४ घटना भएका छन् भने चट्याङका १७ घटना भएका प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया