२०८२ भाद्र ६ | Aug 22, 2025

पटकपटक सीईओ हुने व्यवस्था खारेज गरौं, सांसद सिंह

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २०

ललितपुर । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पटक पटक एउटै व्यक्ति बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने व्यवस्था खारेज गर्नु पर्ने बताएका छन् । उनले एकै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी बैंकमा काम गर्न नपाउने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

सांसद सिंहले शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा जारी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल कार्यक्रमा ६ महिनाको कुलिङ पिरियड राखेर पटकपटक सीईओ हुने व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।

उनले भने, “दुई कार्यकालभन्दा बढी सीईओ हुन दिनु हुँदैन, एउटै व्यक्तिले कार्टेलिङ गर्ने काम भएको छ”, यसलाई खारेज गरौंँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया