२०८२ फाल्गुन ६ | Feb 18, 2026

पर्यटकीय क्षेत्र हेलम्बुमा निःशुल्क स्वास्थ्य र शिक्षा -अध्यक्ष नीमा ग्याल्जेन शेर्पा

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन ८
|
510 views

जयराम बिडारी

काठमाडौँ ०८ फागुन २०८०-सिन्धुपाल्चोक हेलम्बु गा.पाअध्यक्ष नीमा ग्याल्जेन शेर्पाले राज्यले संविधानको भावना र मर्मअनुसार निस्शुल्क शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारलाई सम्मान गर्नुपर्ने बताएका छन् ।पर्यटनका निम्ति साहित्यु नारा अन्तर्गत हेलम्बु आई साहित्य कार्यक्रम संयोजन गरेका साहित्यकार, स्थानीय विद्यार्थी तथा शिक्षकलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँपालिकामा १२ कक्षासम्मको शिक्षा र स्वास्थ्य निस्शुल्क भएको सगर्व उद्घोष गरे । कुनै बेला बर्थिङ सेन्टरमा वार्षिक चार जना आमाले मात्र सेवा लिएको कारुणिक चित्र प्रस्तुत गर्दै उनले अहिले दुई सयभन्दा बढिले प्रसूति सेवा लिइरहेको तथ्य उल्लेख गरे ।

६० किमि लामो ग्रेट ट्रेल बनाएर पर्यटक आकर्षित गर्ने योजनालाई मूर्त रुप दिएका उनले दीर्घरोगी स्थानीयबासीलाई निस्शुल्क औषधिलगायत अनेकानेक सुविधा उपलब्ध गराएको बताए । एक प्रसङ्गमा राज्यले विश्वव्यापी तापक्रम वृद्धिलाई बडो गम्भीर ढङ्गले लिएर ठोस हरहिसाबका साथ विश्व समुदायमाझ पेस भई क्षतिपूर्ति दाबी गर्नुपर्ने जिकिर गरे । उक्त कार्यक्रममा पर्यटनका लागि साहित्य भन्ने नाराका साथ हेलम्बु गेटट्रेल साहित्यिक यात्रामा राजधानीबाट आमन्त्रित एक दर्जन साहित्यकारहरू आरएम डङ्गोल, डा। बिन्दु शर्मा, राजेन्द्रमान डङ्गोल, स्नेह सायमी, लक्ष्मी माली, माधव घिमिरे ुअटलु, जयराम बिडारी, लक्ष्मी रूम्बा, प्रभा बरालले आआफ्ना सिर्जना पस्किए । प्रा।डा।ऋषिराम शर्मा, केशव पुडासैनी ुबिमलु, कुमारी लामा र राजकुमार बानियाँले साहित्य र पर्यटनबारे आआफ्ना भनाइ राखे । अबको हेलम्बु कस्तो हेलम्बु रुु भन्नेबारे उनीहरूले आआफ्ना कोणबाट प्रस्ट्याए । स्नेह सायमीले हेलम्बुको पानीको अधिकार र अबको विकासको बाटोबारे आफ्नो अभिमत राखे । सिर्जना वाचनको बीचबीचमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने शिक्षक जगत् ठकुल्लाले सुदूरपश्चिममा अत्यन्त लोकप्रिय देउडा गीत सुरिलो स्वरमा गाएका थिए । सो कार्यक्रमको आकर्षक सहजीकरण शिक्षक यमबहादुर ज्योतिले गरेका थिए भने अध्यक्षता विद्यालयका प्रधानाध्यापक केशव पनेरूले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया