पर्वत समाजको आयोजनामा काठमाडौंमा रक्तदान कार्यक्रम

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २
|
561 views

ललितपुर - ललितपुर। पर्वत समाजले पहिलो गतिविधिका रूपमा काठमाडौंमा रक्तदान एवं भेटघाट कार्यक्रम गरेको छ ।

प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्त सञ्चार सेवामा भएको रक्तदान कार्यमा सहभागी सबैलाई संस्थाको तर्फबाट अध्यक्ष गणेश शर्माले धन्यवाद दिएका थिए ।

कार्यक्रममा पर्वतबासीबीच परिचय र संस्थाको आजीवन तथा साधरण सदस्यता समेत प्रदान गरिएको थियो ।

समाजका महासचिव टिकाराम कार्कीले संस्थाले संस्थाले सदस्यता विस्तारलाई पनि तीव्रताका साथ अगाडि बढाउँदै जाने र आगामी दिनमा समाजसेवा तथा पर्वतबासीबीच नियमित कार्यक्रम गर्ने जानकारी दिए ।

 पात्रो/राशिफल  रेडियो YouTube