२०८२ भाद्र १७ | Sep 02, 2025

पल्सर N125 धनगढीमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ११
|
102 views

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड
कम्पनी प्रा. लि.ले धनगढीमा पल्सर N125 को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ
पल्सर N125 को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ।

जेठ १२ गते साँझ ६:३० बजेदेखि खुल्ला मंच, नैनदेवी रोड, धनगढीमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क
हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको संचालन
एम्सी अनु मानन्धरले गर्नेछन् ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले
८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भने N125 लाई धनगढीमा
ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको बताए ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement