२०८२ भाद्र ६ | Aug 22, 2025

पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २३

ललितपुर । आज आराध्यदेव पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल चतुर्दशीका दिन पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गर्ने गरिन्छ ।

आजको दिन आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई जनै (यज्ञोपवित) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । श्रावण शुक्ल चतुर्दशीका पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवित धारण गराउने गर्छ । कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीले जानकारी गराएको छ । पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ ।

आजका दिन भगवान् पशुपतिनाथलाई नयाँ जनै फेरेपछि उहाँ गोसाइँकुण्डमा जानुहुने जनविश्वास गरिन्छ । आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षाबन्धन गर्ने सनातनी परम्परा रहे पनि पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने चलन रहिआएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया