२०८२ भाद्र ६ | Aug 22, 2025

पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ४

ललितपुर । भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् ।
अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पालिताना र जेसर सहरहरू समावेश छन् । यी सहरमा मङ्गलबार पछिल्लो २४ घण्टामा आठ सय ६७ मिलिमिटर वर्षा भएको छ ।

राज्य राहत आयुक्त आलोक कुमार पाण्डेले खराब मौसमका कारण आँधीबेहरी, चट्याङ र संरचनात्मक पतनका कारण १८ जनाको मृत्यु भएको जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया