२०८२ फाल्गुन ६ | Feb 18, 2026

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १२
|
1.8k views


ललितपुर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ’ बोलको गीत सार्वजनिक भएको छ ।

कवि तथा गीतकार दिनेश अधिकारीको शब्द रचनाको उक्त गीतमा संगीतकार  हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र  उसका अनेकन मनोदशालाई उजागर गरिएको छ ।

गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीत÷संगीतका स्रोतालाई एउटा फरक स्वाद दिने संगीतकार लम्सालको विश्वास छ ।
https://www.youtube.com/watch?v=YVEllxwKILE

फेसबुकबाट तपाईको प्रतिक्रिया