
ललितपुर । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट पहिले बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन् ।
बहसमा पन्तले माधव नेपाल नेतृत्वको तत्कालीन मन्त्रीपरिषदले पतञ्जली योगपिठलाई हदवन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्नका लागि दिएको स्वीकृती नीतिगत निर्णय मान्न नसकिने जिकिर गरेका थिए ।
विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको बहसका क्रममा उनले तत्कालिन सरकारले गरेको निर्णय नीतिगत नभउको जिकिर सहित अख्तियार ऐनको दफा ४ ले यस्ता विषयमा मुद्दा चलाउने अधिकार दिएको बताएका थिए ।
उनले निर्णयका लागि गरेको ताकेता र निर्णय कार्यान्वयन नगर्दा कर्मचारीलाई गरिएको सरुवाबाट अनविज्ञ थिए भन्न नसकिने दाबी लिएका छन् ।
दर्तादेखि नै अनियमित ढंगले आएको कम्पनीले नेपाललाई नै दुरुपयोग गरेको पन्तको दाबी छ । पन्तको बहस सकिएपछि अख्तियारकै तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट उपन्यायाधीवक्ताले बहस सुरु गरेकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया