२०८२ भाद्र ६ | Aug 22, 2025

पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चको आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाभित्र सञ्चालित इँटा उद्योगहरु यथाशिघ्र बन्द गर्नका लागि सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले नगरपालिकाको पर्यावरण र स्थानीय वासीको जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो ।
स्थानीयबासीले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसको करिव पाँच वर्षपछि सर्वोच्चले इँटा उत्पादक उद्योगहरुलाई बन्द गर्ने आदेश जारी गरेको हो ।

अहिले काभ्रेको पाँचखालमा मात्र आठवटा इँटाभट्टा सञ्चालनमा छन् ।

पाँचखाल नगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने जनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया