|
|
२०८२ बैशाख १६
1.9k views

ललितपुर - काठमाडौं । पाकिस्तानी सेनाको कारवाहीमा परी थप १७ जना मारिएको दावी पाकिस्तानी सेनाको जनसम्पर्क विभागले गरेको छ । उत्तरी वजिरिस्तानमा गरिएको एक कारबाहीको क्रममा १७ अतिवादी मारिएको दाबी गरेको हो।
आईएसपीआरका अनुसार आइतबार र सोमबार अर्थात् अप्रिल २७ र २८ को मध्यरातमा सुरक्षा बलहरूले पाकिस्तान(अफगानिस्तान सीमा नजिकै हसन खेल क्षेत्रमा एक अपरेशन सुरु गरे जसमा यी अतिवादीहरू मारिए।
आईएसपीआरले भनेको छ, “यी आतंककारीहरूले विदेशी शक्तिको आदेशमा पाकिस्तानमा गतिविधिहरू गरिरहेका थिए।” सेनाका अनुसार मारिएका आतंककारीहरूबाट ठूलो मात्रामा गोला बारुद र हतियार बरामद गरिएको छ।
आईएसपीआरका अनुसार पछिल्ला तीन दिनमा गरिएका कारबाहीहरूमा जम्मा ७१ आतंककारी मारिएका छन् र सुरक्षा बलहरू पाकिस्तानको अस्तित्व र सुरक्षाको रक्षा गर्न सधैं तयार र दृढ छन्।

बिजनेस पाटी