२०८२ भाद्र १० | Aug 26, 2025

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र सरसफाइ सेवाका कर्मचारीबीच पहिलो पटक सामूहिक परिचयात्मक अन्तर्क्रिया  : कर्मचारीहरूले भने ‘कुशल अभिभावक पाएका छौँ’  (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ९

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धि प्रसाद पौडेलले  सोमबार प्रतिष्ठानमा कार्यरत हाउस किपिङ (सरसफाई) तर्फका १६४ जना मजदुर कर्मचारी सँग सामूहिक परिचयात्मक अन्तर्क्रिया गरेका छन् । 

पदभार ग्रहण गरेको दुई हप्ता हुन लाग्दा उपकुलपति पौडेलकै चाहनामा उक्त कार्यक्रम भएको हो । अनौपचारिक कार्यक्रममा बोल्दै उपकुलपति डा पौडेलले  हाउस किपिङ तर्फका कर्मचारीहरुनै पाटन अस्पातल र पाटन स्वास्थ्य विज्ञानप्रतिष्ठानको ऐना भएको भन्दै उनीहरूले गरेको मेहनत र लगनशिलकार्य  र सेवा प्रति कृतज्ञता व्यक्त गर्दै अझै राम्रो काम गर्न ऊर्जा मिलोस् भनेर धन्यवाद सहित शुभकामना पनि दिए । 

कुनै पनि काम सानो र ठूलो नहुने भन्दै उनले आफू पनि तल्लो लेबलबाट काम गर्दै उठ्दै आजको जिम्मेवारीमा पुगेकोले कर्मचारीका मर्का आफूले बुझेको बताए । उनले आफू सबै तहका कर्मचारीहरूसँग मिलेर राम्रो काम गर्ने वचनबद्धता व्यक्त गरे । 

उक्त परिचयात्मक अन्तर्क्रियामा कर्मचारीहरूले पहिलो पटक यसरी उपकुलपतिसँग सामूहिक अन्तर्क्रिया गर्न पाएको बताउदै आफूहरूले कुशल अभिभावक पाएको भन्दै खुशी व्यक्त गरेका थिए । 

त्यस अवसरमा उनीहरूले प्रतिष्ठानको साख उँचो बनाउन अझै जोश र जाँगर साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले भौतिक संरचना तर्फका केही साना साना आफूहरूले भोगेका समस्या र केही सुझाव पनि खुलेर दिएका थिए । 

उपकुलपति पौडेलले तत्काल सुधार गर्न सकिने  ती स साना समस्याहरू प्रतिष्ठानले सुधार गर्ने र केही नयाँ काम छलफल पछि सुरु गरिने बताएका थिए । त्यस क्रममा तीजको शुभकामना सँगै चियापान पनि गराइएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement