२०८२ आश्विन १६ | Oct 02, 2025

पाल्पाको टिपर दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोलाराम बोहोराको मृत्यु

पाल्पाको माथागढी गाउँपालिका-५ सुर्काबासमा टिपर दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोलाराम बोहोराको मृत्यु भएको छ।

सुनवलबाट माथागढी-५ चुनढुंगा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको टिपर गोठादी सुनवल सडकखण्डमा बुधबार बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटना थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया