
काठमाडौं । पियोर इनर्जी लिमिटेडले विहीबार (चैत २८ गते)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ खुला गरेको छ । आइपिओको लागि सर्वसाधारणले आजदेखि निवेदन दिन सक्नेछन् ।
यसअघि इनर्जी कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
यसैगरी कम्पनीले आफ्ना कर्मचारीहरुका लागि २८ हजार ८०० कित्ता शेयर निष्काशन पश्चात् बाँडफाट समेत गरिसकेको छ भने सामूहिक लगानी कोषहरुलाई ७२ हजार कित्ता शेयर बाडिसकेको छ । बाँकी रहेको कम्पनीको ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वासाधारणका लागि यसपटक निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा आजदेखि अर्थात चैत २८ गतेदेखि २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि बैशाख ११ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट अर्थाते् सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
इच्छुक सर्वसाधारण लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ता र अधिकताम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया