२०८२ भाद्र ६ | Aug 22, 2025

पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ११

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज (बिहीबार) बिहान शेयर बाँडफाँड गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट फागुन २ गते आईपीओ निष्काशन अनुमति पाएको यस पियोर इनर्जी लिमिटेडले चैत्र २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । यस आईपीओमा १८ लाख ५४ हजार ४ सय ९७ जनाले आवेदन दिएका थिए । जसमध्ये १८ लाख ४६ हजार ६ सय ६४ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ। जसमा १ लाख १९ हजार ५ सय २० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नु अगावै कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

हाल कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन भएको हो ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया