२०८२ आश्विन १६ | Oct 02, 2025

पुनरुत्थानवादीहरुद्वारा गरिएको अराजक क्रियाकलाप प्रति तराई-मधेश लोकतान्त्रिक पार्टीको भर्त्सना

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १७
|
612 views

काठमाडौं । राजावादी आन्दोलनकर्ताले हिंसा, लूटपाट, आगजनी जस्ता विभिन्न अराजक गतिविधि गरेको प्रति तराई–मधेश लोकतान्त्रिक पार्टीले भर्त्सना गरेको छ। चैत १५ गते काठमाडौको तीनकुनेमा घटेको घटनाको तीब्र आलोचना गर्दै दोषीहरूमाथि न्यायिक छानबिन गरी कारबाही गर्न पार्टीले माग गरेको छ।

पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालद्वारा एक विज्ञाप्ति जारी गर्दै जनताको सार्वभौम अधिकार र लोकतान्त्रिक प्रणालीलाई चुनौती दिने यस्ता घटनाले विधिको शासनमा देखिएका बेथिति, भ्रष्टाचार तथा नातावाद(कृपावादको अनुचित फाइदा उठाउने प्रयास भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सत्तारूढ समूहलाई यस्ता प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै विधिको शासन, समानुपातिक समावेशीता, र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरूप राज्यका अंगहरूको पुनर्संरचना नै समाधानको एक मात्र उपाय रहेको स्पष्ट गरिएको छ।

शुक्रबार पुनरुत्थानवादी अराजकतावादीहरूको आक्रमणमा परी पत्रकार सुरेश रजकको निधन भएको खबरले स्तब्ध बनाएको पार्टीले जनाएको छ। पार्टीले स्व.रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

तराई–मधेश लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक व्यवस्था र विधिको शासनलाई कमजोर पार्ने कुनै पनि कदमलाई स्वीकार नगर्ने भन्दै आगामी दिनमा राज्यका सुरक्षा संयन्त्रलाई चनाखो रहन आग्रह समेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया