२०८२ भाद्र ६ | Aug 22, 2025

पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुचारु

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १७

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा
पुनः सुरु भएको छ । वरिष्ठ न्युरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्यूरोसर्जन डा. बिपिन
चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्युरो सर्जरी सेवा दिने थालेको हो ।

डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५
बजेसम्म ओपीडी सेवा प्रदान गर्नेछ । विशेष गरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरो ट्रमा)
जस्ता आकस्मिक केसहरूमा विशेष ध्यान दिइएको छ।

“हाम्रो टिम मस्तिष्कको ट्युमर,मस्तिस्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर,
फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने र पक्षाघातजस्ता न्यूरोसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्न सक्षम छ,”
डा. चौरसियाले भने।

यो सेवाले चितवनवासीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय न्यूरोसर्जरी सेवा उपलब्ध
गराउने प्रतिबद्धता अस्पातलले व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया