पुवा खोला–वान हाइड्रोपावरको धितोपत्र निष्काशनमा लक्ष्मी सनराइज
काठमाण्डौ ११ माघ २०८०-पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक श्री कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया