२०८२ भाद्र ९ | Aug 25, 2025

पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा बयान सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ११

ललितपुर । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।
नेपालले अदालतमा उपस्थितबारे आजै दिएको निवेदनका आधारमा विशेष अदालतले उनको बयान लिने र थुनछेक बहससमेत आजै तोकेको हो ।पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ मा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement