ललितपुर - ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन भएको छ। उपाध्यायको उपचारका क्रममा काठमाडौँस्थित ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले हो।
मोरङको आमगाछीका स्थायी बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौँमा बस्दै आएका थिए। उपाध्यायलाई मुखको क्यान्सर भएको थियो । उपाध्याय तत्कालीन मोरङ क्षेत्र नम्बर १ (हाल २) बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०५६ सालको उपनिर्वाचनमा विजयी भएका उनी सोही कार्यकालमा शेरबहादुर देउवाको नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए।
२०५६ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजय हासिल गरेपछि मोरङ क्षेत्र नम्बर १ रिक्त भएको थियो। त्यसपछि भएको उपनिर्वाचनमा उपाध्याय विजयी भएका थिए। उनी पहिलो संविधानसभा निर्वाचनमा समेत निर्वाचित भएका थिए। भारतबाट राजनीतिशास्त्रमा स्नातक गरेका उपाध्याय शालीन र बौद्धिक नेताका रूपमा परिचित थिए।
उनी कांग्रेसका वरिष्ठ नेता गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिन्थे। उपाध्यायको पार्थिव शरिरको अन्येष्टी सोमबार पशुपती आर्यघाटले गरिने पारिवारिक श्रोतले जनाएको छ । दिवंगत उपाध्यायका एक छोरी र दुई छोरा छन् ।

बिजनेस पाटी