२०८२ जेष्ठ १

ललितपुर । सिन्धुपाल्चोक २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद एबं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियारले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बित भएका हुन् । अख्तियारले बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग गरेको छ ।
बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ बमोजिम दफा ३ मा भएको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) (झ) एवं संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजायको माग गरेको हो ।
उनी विरुद्ध अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो माग दाबी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया