
ललितपुर। पूर्वराष्ट्रपनि विद्यादेवी भण्डारीले आफूले लिँदै आएको सरकारी सेवासुविधाहरु सबै फिर्ता गर्ने घोषणा गरेकी छन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरे लगत्तै उनले साउन १ गतेदेखि लागु हुने गरी सबै सरकारी सेवासुविधा फिर्ता गर्न लागेकी हुन् ।
यसअघि नै उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाडेर आफ्नै निवास फर्कने निर्णय गरेकी थिइन् । स्रोतका अनुसार आगामी साउन १ गतेदेखि सबै किसिमका सरकारी सेवासुविधा फिर्ताको पत्र पठाउने तयारीमा उनी देखिन्छिन् ।
हाल भण्डारीलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । गाडी नलिए पनि इन्धन खर्च भने सरकारले दिइरहेको छ । उनले शितल निवास छाडेयता तलब, निवास खर्च भने लिएकी छैनन् ।
यसअघि असार १४ गते उनले पार्टीको सदस्यता नवीकरण गरेको जानकारी मदन जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमकाबीच गराएकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया