पेट्रोलियम पदार्थको मूल्य घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ १८
|
408 views

ललितपुर - काठमाडौं १८ जेष्ठ २०८१

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

      शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

      काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube