
ललितपुर । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज गरेको छ। यी दुई कम्पनीलाई भुक्तानी सेवा प्रदायका रूपमा काम गर्नेगरी दिइएको अनुमति खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले पेवेल नेपाललाई विक्रम् सम्वत् २०७७ साल असोज ११ गते र सजिलो पेलाई सोही वर्षको चैत १७ गते लाइसेन्स दिएको थियो। यी दुवै भुक्तानी सेवा प्रदायक कम्पनीले भुक्तानी तथा फर्स्यौट ऐन, भुक्तानी तथा फर्स्यौट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधानको उल्लङ्घन गरेको पाइएकाले ती कम्पनीको अनुमतिपत्र खारेज गरिएको हो।
हिजो बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार ती दुबै भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरी आम रूपमा जानकारी दिइएको बैंकले जानकारी गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया