२०८२ भाद्र ७ | Aug 23, 2025

पोखरामा एक युवकको रहस्यमय मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २६

पोखरा । पोखरामा एक युवकको रहस्यमय तरिकाले मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव भेटिएको हो ।

बीच सडकमा उत्तानो परेको अवस्था रगताम्मै भएको युवकको शव देखेपछि स्थानीयले त्यहाँको प्रहरीलाई खबर गरेका थिए । युवकको अनुहारभरि रगत र शरीरभरी चोटैचोट देखिएको प्रहरीले जनाएको छ । शव भएको नजिक हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले ती युवकको हत्या हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ ।

पोखराको बीच सडकमा हथौडा सहित गरताम्मै अवस्थामा युवकको लास प्रहरीले फेला फारे पनि ती युवकको पहिचान भने खुल्न सकेको छैन । सोमबार बिहानै तालिमप्राप्त कुकुरमार्फत काँस्की प्रहरीले अनुसन्धान थालेको भए पनि घटना भने रहस्यमय देखिन्छ ।

मृतक युवकको साथमा उनको परिचय खुल्ने कुनै पनि कागजात भेटिएको छैन र घटनास्थल वरपरका स्थानीले समेत लास पहिचान गर्न नसक्दा अनुसन्धानमा कठिनाइ भएको प्रहरीको भनाइ छ । सोमबार विहानै काँस्की प्रहरीमा सडकमा मानिसको लास भेटिको सूचना प्राप्त भएको थियो । सूचना पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेर हेर्दा घटना विहानीपख नै घटेको अनुमान प्रहरीले गरेको छ भने स्थानीयहरुले राति नै हत्या भएको हुन सक्ने बताएका छन् । अहिले शव पोष्टमार्टमको प्रक्रियामा रहेको र त्यसपछि मात्र अनुसन्धानका सहज हुने प्रहरीले जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया