|
|
२०८२ श्रावण ४
1.5k views
ललितपुर । पोखरा फाइनान्स (PFL) र समृद्धि फाइनान्स बीच मर्जको सम्झौता भएको छ । अब यी दुई फाइनान्स मर्ज हुने भएका छन्। दुई फाइनान्स कम्पनीहरुले आइतबार पोखराको होटल ल्याण्डमार्क लेकसाइडमा मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
एक आपसमा मर्ज भएपश्चात यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने भएका छन्। यी दुई फाइनान्स कम्पनीहरु १ बराबर १ को शेयर स्वाप रेशियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने बताइएको छ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया