२०८२ असार २४

धनुषा । नुहाउने क्रममा पोखरीमा डुब्दा दुईजनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा नुहाउने क्रममा मंगलबार विहान डुबेर दिदीबहिनीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिएका छन्। दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीहरुलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए।
पोखरीबाट निकालेर दुवै बालिकालाइृ तत्काल नजिककैको अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि यतिबेला प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया