२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रकाश सुवेदीको रचना ‘नआइदे याद’ सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
1.6k views

ललितपुर । कवि तथा गीतकार प्रकाश सुवेदीको रचना ‘नआइदे याद’ बोलको भिडियो सार्वजनिक भएको छ । अनु चौधरीको स्वर, राजकुमार बगरको संगीत र साहस शाक्यको संगीत संयोजन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले निर्देशन गरेका हुन् । भिडियोमा सुधीर श्रेष्ठ, दीपेन्द्रराज गिरी, समिया कार्की, देवी पराजुली, टीकाराम पाण्डे, सरिता मगर, जयराम क्षेत्री, लगायतका कलाकारको अभिनय छ ।

गीतमा अन्तर्मनको पीडा, बिर्सन खोज्दा पनि बिर्सिनै नसकिने असहजता र भावनात्मक संघर्ष गहिरो रूपमा प्रकट भएको छ । अजय रेग्मीको छायांकन रहेको यो गीतको भिडियो सेरोफेरो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया