प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर

काठमाण्डौं ६फागुन २०८०-नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर आज फागुन ६ देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।

यस अनुसार नेपाल टेलिकमले देशमा प्रजातन्त्र÷लोकतन्त्र÷गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध हुनेछ ।

साविक बमोजमको  Free Resource अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो Yearly One Time चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध हुनेछ । 

एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको Yearly One Time प्याकेज र Combo Yearly One Timeप्याकेजमा सहुलियत प्रदान गरेको छ । 

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गरेकोको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ । 

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट*1415*11#डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट सेवाग्राहीले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया