२०८२ भाद्र ६ | Aug 22, 2025

प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, सभापति देउवाद्वारा समवेदना व्यक्त   

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३

काठमाडौँ । प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति निधन भएको हो ।

विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उहाँले अग्रपङ्क्तिमा रहेर काम गर्नुभएको थियो । आजै उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया