२०८२ भाद्र ६ | Aug 22, 2025

प्रतिनिधिसभाको आजको बैठकमा पनि विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ८

ललितपुर । प्रतिनिधिसभाको आजको बैठकमा पनि विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने भएको छ ।
आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ ।
बिहान ११ बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया