२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रतिनिधिसभा प्रस्तुत दुई प्रस्ताव स्वीकृत

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ८
|
510 views


ललितपुर । प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत्तिले स्वीकृत गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

 विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै दै मन्त्री सुडीले विधेयक महत्वपूर्ण रहेको र यसमा आवश्यक सुधार भए समेटेर अघि बढाउने विश्वास व्यक्त गरे । 

 विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु वासुदेव घिमिरे, दामोदार पौडेल वैरागी, नागिना यादव, बिजुला रायमाझी, सराज अहमद फारुकी, जनार्दन शर्मा, विमला सुवेदी, प्रतिक्षा तिवारी, भगवती चौधरी, ठाकुर गैरे, रामप्रकाश चौधरी, नारायणी शर्मा, सुशीला सिर्पाली ठकुरी, प्रेम सुवाल, हर्कमाया विश्वकर्मा, रणकुमारी बलम्पाकी मगर, रुपा सोशी ९चौधरी०, रमा कोइराला पौडेल, जावेदा खातुन जागा र रणेन्द्र बराली सहभागी भएका थिए । 

आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेकोभूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ९ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया